Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कर्जाको अग्रिम भुक्तानी र स्वाप शुल्क ५ गुणासम्म बढ्यो

२०७७ पुष २ गते

बैंकिङ खबर । कर्जाको अग्रिम भुक्तानी र स्वाप शुल्क ५ गुणासम्म बढेको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षालाई कार्यान्वयन गर्नेगरी केन्द्रीय बैंकले बुधबारएकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशन बमोजिम अब अग्रिम भुक्तानी गरे वा अर्को बैंकमा ऋण सारेमा ऋण लिएको २ वर्षसम्म सेवा शुल्कको शतप्रतिशत, २ देखि ५ वर्षसम्म त्यसको ५० प्रतिशत र ५ वर्षभन्दा बढी अवधिपछि अधिकतम २० प्रतिशत मात्रै शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।
हाल बैंकबाट ऋण लिँदा वाणिज्य बैंकले शून्य दशलमव ७५ प्रतिशत, विकास बैंकले एक प्रतिशत र वित्त कम्पनीले एक दशमलव २५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने भएका छन् ।

Ad