Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्सका ग्राहकले अब कागजी झन्झट बेहोर्नु नपर्ने

admin २०७३ श्रावण २५ गते
सेयर:

IMG_4343सगरमाथा इन्स्योरेन्स कम्पनीले नेपाली बीमा बजारमा ‘सगरमाथा भिआईपी अन द स्पष्ट’ नामक नयाँ बीमा योजना ल्याएको छ । सो बीमा योजना सार्वजानिक कार्यक्रमको उद्धघाटन बीमा समितिका अध्यक्ष प्रा.डा. फत्त बहादुर केसी र सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धरले गरे । बजारमा बढ्दो बीमा बजारमा आफ्नो प्रभुत्व कायम राख्न कम्पनीले यो योजना शुरु गरेको जनाएको छ । यो योजनाबाट ग्राहक कागजी झन्झटबाट मुक्त हुने कम्पनीकोे दाबी छ ।

IMG_4332उद्घाटन कार्यक्रममा सगरमाथा इन्स्योरेन्सका कार्यकारी अधिकृत चंकि क्षेत्रीले ‘सगरमाथा भिआईपी अन द स्पष्ट’ योजनाले क्षतिको समयमा नोक्सानीको मागदाबी र भुक्तानी प्रक्रियालाई सलकृत बनाउने बताए । उनले यो बीमा योजनाले दुर्घटना भएको स्थलबाट नै ग्राहकले खबर गर्ने बित्तिकै सेवा प्राप्त गर्ने दाबी गरे । 

यो योजना कार्यान्वयनका लागि अलग्गै विभाग नै गठन गर्ने कम्पनीले जनाएको कम्पनीले छ । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।