December 9th, 2020

बैंकको चार करोडभन्दा बढी ब्याज छुट

कोरोना भाइरस(कोभिड १९) को महामारीको समयमा बैंकले आफ्ना सदस्यलाई ब्याजमा भारी छुट दिएको छ। साधारणसभाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै बैंकले ४ करोड २२ लाख २८ हजार २ सय ८२ रुपैयाँ ब्याज छुट दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए।

बैंकले गत आर्थिक वर्षमा २७ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ। बैंकले आर्थिक वर्ष २०७६/७७ मा कृषि तथा कृषि परियोजना, लघु कर्जा, सहकारी ब्यवस्थापनलगायतमा २७ अर्ब १५ करोड २६ लाख ४७ हजार कर्जा लगानी गरेको हो। बैंकले आफ्ना सदस्यलाई १५ प्रतिशत लाभांश दिने भएको छ। 

बैंकले १२ हजार ४६ सदस्य संस्थामार्फत २ अर्ब २२ करोड शेयर, ४६ अर्ब ८८ करोड निक्षेप कारोबार गरेको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए। समयमै किस्ता बुझाउनेलाई ब्याजमा १० प्रतिशत र असार महिनामा कर्जामा २ प्रतिशत सहुलियत प्रदान गरिएको उनले बताए। 

बैंकले कुल कर्जामध्ये ४२ दशमलव ४८ प्रतिशत किस्ताबन्दी कर्जा प्रवाह गरेको छ। ११ अर्ब ५३ करोड ३७ लाख किस्ताबन्दी, लघुवित्त कर्जामा ५ अर्ब ३० करोड ५८ लाख र कृषि तथा कृषि परियोजना कर्जा ७ करोड ३५ लाख लगानी गरेको छ। त्यस्तै दिगो सहकारी कर्जा ४ अर्ब ४ करोड ६७ लाख र चालु पूँजी कर्जा शीर्षकमा ४ अर्ब २८ करोड १९ लाख लगानी गरेको छ।

घर घरडेरी तथा भवन निर्माण कर्जा अन्तर्गत ८० करोड ४१ लाख र कोभिड चालु पूँजी कर्जा १० करोड २६ लाख लगानी गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले बताए। बैंकले हायर पर्चेज, मुद्धती रसिदलगायत १४ वटा शीर्षकमा कर्जा प्रवाह गर्दै आएको छ। 

 

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]