Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गम्भीर संकटमा अमेरिकी अर्थव्यवस्था : अमेरीकी अर्थमन्त्री येलेन

२०७७ मंसिर २१ गते

अमेरिकाको अर्थव्यवस्थाले फेरि एक गम्भीर आर्थिक संकटको सामना गरिरहेको अमेरिकाकी नवनियुक्त अर्थमन्त्री जेनेट येलेनले बताएकी छिन् । उनका अनुसार यसलाई पुनर्जीवित गर्न तत्काल कदम चालिनु पर्छ ।  येलेनले चेतावनी दिदै भनेकी छिन् “यस दिशामा तत्काल कदम चालेन भने हामी आफैले निर्मित संकटमा फस्नेछौं, जसले थप क्षति निम्त्याउनेछ ।” उनले भनीन् “हामीले ज्यान गुमायौं, रोजगार गुमायौं, साना कम्पनीहरू बाँच्न संघर्ष गर्दैछन्, वा बन्द छन् । यस्तो अवस्थामा ठूलो संख्यामा मानिसहरु दुई छाक खान र भाडा मात्र तिर्न संघर्ष गरिरहेका छन् । उनले भनीन् यो अमेरिकी विपत्ति हो ।
येलेनका अनुसार यस्तो अवस्थामा हामीले महत्वपूर्ण कदम चाल्नु जरुरी छ । यस दिशामा कुनै पनि प्रकारको लापरवाहीले हामीलाई अधिक हानि पु-याउँछ । यस अवसरमा अमेरीकी राष्ट्रपति वाइडेनले पनि यस संकटसँग डिल गर्न येलन भन्दा राम्रो कोही हुन नसक्ने बताए । येलेन यस्तो पहिलो अर्थमन्त्री हुन् जो फेडरल रिजर्भको चेयरम्यानका साथै राष्ट्रपतिका आर्थिक सल्लाहकार परीषदको चयरम्यान समेत भइसकेकी छिन् ।

Ad