December 6th, 2020

आइतबार सुनको मूल्य घट्यो, चाँदी स्थिर

बैंकिङ खबर । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन २ सयले घटेर प्रतितोला ९२ हजार ७०० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार २५० कायम रहेको छ । यता, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]