Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सामाजिक सुरक्षा कोषले घरका लागि ७५ लाख र शिक्षाका लागि ३५ लाख सापटी दिने

२०७७ मंसिर १९ गते

बैंकिङ खबर । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले कर्जा तथा लगानीका क्षेत्रहरुमध्ये श्रमिकको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै योगदानकर्ता सापटी अन्तर्गत योगदान रकमको आधारमा वित्तीय आवश्यक्ता पुरा गर्न योगदानकर्ता विशेष सापटी, आवास निर्माणका निम्ति योगदानकर्ता घर सापटी मानव पूँजी निर्माणमा सहयोग पुर्याउने हेतुले योगदानकर्ता शैक्षिक सापटी तथा श्रमिकको भइपरी आउने कार्यलाई सुविधा प्रदान गर्न योगदानकर्ता सामाजिक कार्य सापटी योगदानकर्ताले प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै परीयोजना कर्जा अन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सह वित्तीयकरण कर्जा रहेका छन् । त्यसैगरी लगानीका अन्य क्षेत्रहरुमा सरकारी ऋणपत्रमा लगानी, मुद्धती निक्षेपमा लगानी, शेयरमा लगानी, डेबेन्चरमा लगानी, म्युचल फन्डमा लगानी तथा स्थिर सम्पत्तिमा लगानीका क्षेत्रहरु पहिचान गरीएका छन् । यसले विभिन्न क्षेत्रलाई समेटेर योगदानकर्ताहरुका लागि सापटी सुविधाहरु अघि सारेको छ । योगदानकर्ता सापटी अन्तर्गत योगदान रकमको आधारमा समितिले तोकेको मापदण्ड अनुसार योगदानकर्ता विशेष सापटी, धितोमा आधारीत भएर योगदानकर्तालाई घर निर्माण गर्न, घर खरिद गर्न, संयुक्त आवास युनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्नको लागि रु. ७५ लाख वा १५ वर्षको तलव रकम जुन कम हुन्छ सोही बराबर घर सापटी, धितोमा नै आधारीत रहेर योगदानकर्ता आफैँ वा निजको पति वा पत्नी, छोरा, छोरीको लागि स्वदेश वा विदेशमा उच्च शिक्षा अध्यनको लागि शैक्षिक सापटी रु.३५ लाख सम्म दिने व्यवस्था गरेको छ । तर सामाजिक कार्य सापटी अन्य कोषबाट स्वाप गर्ने प्रयोजनको लागि मात्र लागु हुने जनाइएको छ ।

Ad