December 4th, 2020

अब अन्तर बैंक एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

बैंकिङ खबर । अबदेखि एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । यसअघि राष्ट्र बैंकले कोभिडका कारण ग्राहक बैंकमा उपस्थित हुन नसक्ने र डिजिटल भुक्तानीलाई प्रोत्साहनका लागि भन्दै जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था गरेको थियो । त्यसपश्चात नेपाल बैंकर्स संघले त्यसबाट बैंकलाई बढी आर्थिक भार पर्ने भन्दै उक्त व्यवस्था हटाउन दबाब दिँदै आएको थियो । अब भने उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई पहिलेकै व्यवस्था अनुसार शुल्क लिन केन्द्रीय बैंकले निर्देशन दिएको हो । (राष्ट्र बैंकले सर्कुलर जारी गरिसकेपछि यसको कार्यन्वयन हुने जनाइएको छ ।)

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]