बैंकिङ खबर । कोभिड–१९ संक्रमणबाट अधिक प्रभावित भएको देखिएको होटल लगायतका पर्यटन व्यवसाय र पशुपंक्षी पालन व्यवसायलाई प्रदान गरिने पुनरकर्जामा थप सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा पुनरकर्जामा थप सहजीकरण गरिने व्यवस्था गरीएको उल्लेख छ । यस्तै केन्द्रीय बैंकवाट गरिएको कोभिड–१९ संक्रमणको असर परेका क्षेत्रको विद्यमान अति प्रभावित, मध्यम प्रभावित तथा न्यून प्रभावित वर्गीकरणमा आवश्यकता अनुसार पुनरावलोकन गर्न अध्ययन गरिने केन्द्रीय बैंकले जनाएको छ ।