बैंकिङ खबर । कोभिड–१९ का कारण सरकारी खर्चमा बढोत्तरी आएको छ । नेपाल राष्ट्र बैंकका मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यस्तो विवरण सार्वजनिक गरीएको हो । केन्द्रीय बैंकका अनुसार विश्वस्तरमा कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न विभिन्न वित्तीय उपायहरुमार्फत ११७ खर्ब अमेरिकन डलर अर्थात कुल गार्हस्थ्य उत्पादनको करिब १२ प्रतिशत खर्च गरिएको छ । यसबाट सरकारी स्रोत साधनमा चाप पर्न गई सरकारी बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ९ प्रतिशत विन्दुले वृद्धि हुने तथा सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन अनुपात १०० प्रतिशतसम्म पुग्ने केन्द्रीय बैंकको प्रक्षेपण छ ।