कारोबार खुलेको ३ घण्टा नपुग्दै शेयर बजार ५ प्रतिशतले घटेपछि धितोपत्र बोर्डले लगानीकर्तालाई हतोत्साहित हुने अवस्था नरहेको बताएको छ । शेयर कारोबार बन्द भएलगत्तै बोर्डले एक विज्ञप्ति जारी गर्दै हतोत्साहित नहुन आग्रह गरेको हो । संगठित संस्थाहरुको वित्तिय अवस्था ती संस्थाहरुको आधारभूत तथा प्राविधिक विश्लेषण गरी हतोत्साहित नभई तथा हल्लाको पछि नलागी राम्ररी बुझेर मात्र लगानी गर्न समेत आग्रह गरेको छ । विज्ञप्तिमार्फत बोर्डले बोर्ड र यस्का पदाधिकारीहरु प्रतिलक्षित गरी बोर्डले लगानीकर्ताहरुलाई हतोत्साहित वनाई वजार घटाउन लागि परेको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको समेत जनाएको छ । सोमबार नेप्से एकैदिन ८८ अंक भन्दा धेरैले घटेर १६७५ मा बन्द भएको थियो । पाँच प्रतिशतले बजार झरेपछि नियमित काराबोर बन्द हुनु डेढ घण्टा अगाडि सोमबार बजार बन्द भएको थियो ।
हेर्नुस्, बोर्डद्धारा जारी विज्ञप्ति जस्ताको तस्तै :