
बैंकिङ खबर । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं साधारण सभाबाट निर्वाचित संचालकको नियूक्ति गरिएको छ । लघुवित्तको मंसिर १८ गते (बिहीबार) भएको सधारणसभामा सर्वसाधारण सेयरधनी (समुह ‘ख’) समूहबाट निर्विरोध निर्वाचित संचालकको नियुक्ती गरिएको हो । संस्थाका सर्वसाधारण सेयरधनीले निर्विरोध निर्वाचित गरेका संचालकमा वामदेव गौली, युवराज क्षेत्री र ज्ञानेन्द्र ईवाहाङ रहेका छन् ।




