
बैंकिङ खबर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९० हजार ५ सय ५० रुपैंया कायम भएको छ । यता, बुधबार चाँदीको मूल्य भने प्रतितोला ११ सय ८५ रुपैँया कायम भएको महासंघले जनाएको छ ।