बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरेर विजयी भएका हुन् । ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले भने एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गरेका थिए । यो सँगै ढकाल अब नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष बन्ने निश्चित भएको छ । ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् । यसैगरी शनिबार राति नै आएको मतपरिणाम अनुसार महासंघको तीन उपाध्यक्षमध्ये प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले जित हात पार्न सफल भएका छन् भने भने एसोसिएटतर्फका उपाध्यक्षमा ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन्।
यस्तै, एसोसिएटतर्फबाट अविनाश बोहोरा, आनन्दकुमार अग्रवाल,कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत,प्रवलजंग पाण्डे, भरतराज आचार्य, रञ्जितराज आचार्य, राजशेकुमार अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई सुशील थापा, सञ्जय गिरी र हेमन्त गोल्छा विजयी भएका छन्। यता, जिल्ला नगरतर्फको कार्यकारी सदस्यहरुमा राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमलकुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्रबहादुर अधिकारी, अरुण समार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमनबहादुर घड्क, शुरकृष्ण बैंद्य, नविरकुमार श्रेष्ठ, डिवी बस्नेत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमिया, किशोरकुमार आचार्य, अमृत भट्टचन रहेका छन्। त्यस्तै, वस्तुगतसमुहबाट कार्यकारीणी समितिमा नरेश लाल श्रेष्ठ, सुमित कुमार केडिया, आकाश अधिकारी, प्रकाश सिंह कार्की, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, हेमराज ढकाल,अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिष लाल प्रधान,मीनमान श्रेष्ठ, विष्णु प्रसाद गैरे, सन्दिप कुमार अग्रवाल र सुकुन्तलाल हिराचन विजयी भएका छन्।