November 29th, 2020

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

बैंकिङ खबर । बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्‍ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । महासङ्घको ५४ औँ वार्षिक साधारणसभामा शनिवार भएको निर्वाचनमा प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासङ्घको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गरेर विजयी भएका हुन् । ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले भने एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गरेका थिए । यो सँगै ढकाल अब नेपाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष बन्ने निश्चित भएको छ । ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]