November 28th, 2020

महासंघ चुनाबी परिणाम : बस्तुगतमा उपाध्यक्ष अन्जन श्रेष्ठ, सदस्यहरु को को ?

बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षसहित विभिन्न सदस्य पदको नतिजा आएको छ । जस अनुसार बस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन्। उनले ६२ मत पाएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३७ मत ल्याएका छन् । अन्जन श्रेष्ठ किशोरकुमार प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा चुनाब लडेका थिए भने उमेश श्रेष्ठ चन्द्रप्रसाद ढकाल समूहबाट चुनाब लडेका थिए । यसैगरी सदस्यहरुमा प्रधान समूहबाट अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका छन् भने ढकाल समूहका वस्तुगत तर्फ नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता निर्वाचित भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]