November 25th, 2020

हिलटप सहकारीले ल्यायो सिन्धुलीको जुनार राजधानीमा

बैंकिङ खबर । तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठममाडौंमा ल्याएको छ । संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो जुनार बिक्रीका लागि काठमाडौँ ल्याएको हो । हिलटपको केन्द्रीय कार्यालयमा रहेको सहकारी पसलबाट जुनार बिक्री गर्नेछ । सहकारीका अध्यक्ष बासुदेव घिमिरेका अनुसार अनलाइनमार्फत अर्डर लिएर जुनार घरघर पुर्याइने छ । घरमै जनार मगाउन न्यूनतम १० किलो जुनार अर्डर गर्नु पर्ने घिमिरेले बताए । न्युनतम १० किलो अर्डर गरे संस्थाले निःशुल्क ढुवानीको व्यवस्था मिलाउने छ । सहकारीले प्रतिकेजी एक सय रुपियाँमै जुनार घरघरमा पुर्याउने छ । सहकारीले पसलबाट सातामा सोमबार, बुधबार र शुक्रबार प्राङ्गारिक तरकारीसमेत उपलब्ध गराउने अध्यक्ष घिमिरेले जानकारी दिए ।

 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]