बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोनाको प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै कार्यविधिअनुसार कर्जा प्रवाह गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले अतिप्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा त्यसको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम १० करोड रूपैयाँसम्म कर्जा प्रवाह गर्न निर्देशन दिएको छ ।