३५ औ स्थानका धनि मस्क : एकाएक बने विश्वकै दोस्रो धनी व्यक्ति !

बैंकिङ खबर । जनवरीमा ३५ औं धनि स्थानमा रहेका अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका संस्थापक एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । मस्क जनवरीमा ३५ औं सूचीमा थिए । टेस्लाको शेयर मूल्यमा भएको वृद्धिले मस्कको नेटवर्थ ७ अर्ब २० करोड डलरले बढेर १ खर्ब २७ अर्ब ९० करोड डलरमा पुगेको छ । अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सले देखाएअनुसार यस वर्षको अहिलेसम्मको अवधिमा मस्कको सम्पत्ति १ खर्ब ३० करोड डलरले बढिसकेको छ जुन इन्डेक्समा सूचीकृत व्यक्तिको सम्पत्तिमा देखिएको अहिलेसम्मकै ठूलो वृद्धि हो । टेस्लाको शेयरमूल्य ५ अर्ब डलर पुग्दैछ । 


सोसिअल मेडिया