Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पहिलो त्रैमासमा विकास बैंकहरुको रिपोर्ट : कसको आम्दानी कति ?

२०७७ मंसिर ९ गते

बैंकिङ खबर । विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा औषतमा ७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। जसमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। वाणिज्य बैंकहरुमा जस्तै विकास बैंकहरुमा पनि कोरोनाको सामान्य असर देखिन थालेको छ। कोरोनाको असरका कारण विकास बैंकहरुले पनि व्यवसाय विस्तारमा असर परेको छ भने कर्जा उठाउन समस्या परेको छ। विकास बैंकहरुको पनि खराब कर्जा बढ्दो अवस्थामा दखिएको छ। बैंकहरुले कर्जा जोखिम बापत धेरै रकम छुट्याउनु परेको छ। पहिलो त्रैमासमा १५ वटा विकास बैंकहरुले कुल १ अर्ब १५ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन जसमध्ये दुई विकास बैंक खुद नोक्सानीमा देखिएका छन्। ५ वटा बैंकको वितरणयोग्य नाफा ऋणत्मक देखिएको छ। पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंक खुद नाफा २९ करोड ४१ लाख रुपैयाँ बढी आर्जन गरेको छ। यो नाफा अन्य विकास बैंकको तुलनामा सबैभन्दा बढी हो। खुद नाफा बढी आर्जन गर्नेमा कामना सेवा विकास बैंक दोस्रो स्थानमा छ। यो बैंकले २० करोड १ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। यस्तै, तेस्रो बढी नाफा महालक्ष्मी विकास बैंकले आर्जन गरेको छ। यो बैंक नाफा १५ करोड ९७ लाख रुपैयाँ रहेको छ। चौथो बढी नाफा कमाउनेमा ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, एक्सेल डेभलपमेण्ट र तिनाउ मिसन क्रमस नाफा कमाउन सफल भए् । यसैगरी वितरणयोग्य मुनाफा पनि मुक्तिनाथको बढी रहेको छ। यो बैंकको वितरणयोग्य मुनाफा १५ करोड २१ लाख रुपैयाँ रहेको छ।कामना सेवाको वितरणयोग्य मुनाफा ७ करोड ४३ लाख रुपैयाँ र ज्योति विकास बैंकको मुनाफा ४ करोड ३५ लाख रुपैयाँ रहेको छ।चुक्तापुँजीको हिसाबले पनि मुक्तिनाथ नै अग्रस्थानमा छ। यो बैंकको चुक्तापुँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। चुक्तापुँजी ३ अर्ब ४९ करोड रुपैयाँका साथ ज्योति विकास बैंक दोस्रो र ३ अर्ब २३ करोड रुपैयाँका साथ गरिमा तेस्रो स्थानमा छन्।रिजर्भको आकारको हिसाबले १ अर्ब ९१ करोड रुपैयाँका साथ महालक्ष्मी अग्रस्थानमा छ। मुक्तिनाथ १ अर्ब ७६ करोड रुपैयाँ रिजर्भका साथ दोस्रो स्थानमा र १ अर्ब ६५ करोड रुपैयाँको रिजर्भका साथ तेस्रो स्थानमा छन्। निक्षेप संकलन र कर्जा प्रवाहमा पनि मुक्तिनाथ नै अब्बल देखिएको छ। यो बैंकले समीक्षा अवधिमा ६३ अर्ब ८४ करोड निक्षेप संकलन गरेको छ। उच्च निक्षेप संकलनमा गरिमा ४८ अर्ब ६२ करोडका साथ दोस्रो र ज्योति ४० अर्ब ४१ करोडका साथ तेस्रो स्थानमा छन्। यो अवधिमा मुक्तिनाथले ५१ अर्ब ९९ करोड, गरिमा ३८ अर्ब ७६ करोड र ज्योतिले ३१ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।मुक्तिनाथले सबैभन्दा बढी ५९ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यस्तो आम्दानी महालक्ष्मीले ४२ करोड ५७ करोड र कामना सेवाले ३८ करोड १५ लाख रुपैयाँ गरेको छ। वार्षिकीकरण प्रतिसेयर आम्दानी ९ईपीएस० को हिसाबले कामना सेवा अगाडि देखिएको छ। यो बैंकको ईपीएस ३१.५१ रुपैयाँ रहेको छ। एक्सेलको ईपीएस २७.८३ रुपैयाँ रहेको छ भने मुक्तिनाथको २७.२१ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थमा भने १६२.२८ रुपैयाँले महालक्ष्मी अग्रस्थानमा छ। त्यसपछि लुम्बिनीको १६०.९८ रुपैयाँ र सहाराको १५५.४८ रुपैयाँ रहेको छ। निष्क्रिय कर्जा घटाउनेमा मुक्तिनाथ अग्रस्थानमा छ। यो बैंकको निष्क्रिय कर्जा दर ०.१२ प्रतिशतमा सीमित छ। त्यस्तै मितेरीको यस्तो दर ०.२२ र ज्योतिको ०.६५ प्रतिशत छ।

Ad