November 23rd, 2020

राजस्व बढाउन स्वैच्छिक सहभागितामा जोड

स्वैच्छिक कर सहभागितामा वृद्धि गर्दै राजस्व परिचालन बढाउन आवश्यक रहेको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । नवौँ कर दिवसका अवसरमा काठमाडौँको जोरपाटीस्थित आन्तरिक राजस्व कार्यालय उद्घाटनका क्रममा उहाँले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध र आपसी विश्वास बलियो भएमा राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने बताउनुभएको हो ।
कर तिर्नसक्ने नागरिकलाई कर तिर्न अभिपे्ररित गर्न कर्मचारीलाई शासकका रूपमा नभई नागरिकको सेवकका रूपमा काम गर्न पनि उहाँले निर्देशन दिनुभयोध्र
राजस्व संरचनामा आन्तरिक राजस्व बढाउन कर दायरा विस्तार र कर चुहावट नियन्त्रण जरुरी रहेको उहाँको भनाइ थियो । कर परीक्षण, बेरुजु, बक्यौता असुली, प्रशासनिक पुनरवलोकन, बजार अनुगमन, अनुसन्धान फस्र्योटजस्ता विधिलाई थप कडाइसाथ लागू गर्न पनि उहाँले सो अवसरमा निर्देशन दिनुभयो ।
कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण, प्रविधिको भरपूर उपयोग हुने वातावरण सिर्जना गर्न पनि उहाँको निर्देशन थियो । कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच विस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई उहाँले निर्देशन दिनुभयोध्र
कोभिड–१९ महामारीका कारण गरिएको बन्दाबन्दीले अर्थतन्त्रमा आएको सङ्कुचनका बाबजुद गत आर्थिक वर्ष २०७६÷७७ को संशोधित राजस्व अनुमान पूरा भएको र चालू आव २०७७÷७८ को पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व सङ्कलन हुनेगरी सहभागिता जनाएकामा अर्थमन्त्री पौडेलले करदातालाई धन्यवाद दिनुभयो ।
चालू आवको बाँकी अवधिमा तोकिएको राजस्व लक्ष्य प्राप्तिमा योगदान गर्न पनि उहाँले करदातालाई आह्वान गर्नुभयो । कर प्रशासनका सुशासन, सदाचार र भ्रष्टाचारप्रतिको शून्य सहनशीलताको नीतिलाई पालना गर्न पनि उहाँले निर्देशन दिनुभयो ।
आन्तरिक राजस्व विभागको चालू आवका लागि तय गरेको लक्ष्य हासिल गर्न र आर्थिक ऐन २०७७ मार्फत ल्याइएका सुधारका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा योगदान गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयोध्र

उत्कृष्ट करदातालाई सम्मान

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०७६÷७७ विभिन्न शीर्षकमा सबैभन्दा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ । विभागका अनुसार गत आवमा सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्नेमा विजयकुमार शाह सम्मानित हुनुभएको छ ।
त्यस्तै निर्यातकर्तामा डाबर नेपाल, विशेष उद्योगमा हिमाल पावर लिमिटेड, कृषि एवं पशुपक्षीजन्य उद्योगमा अन्नपूर्ण एग्रो इन्डस्ट्रिज, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त, बैङ्क वित्तीय संस्थामा नबिल बैङ्क, बीमा व्यवसायमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, शिक्षा सेवामा मणिपाल एजुकेसन एन्ड मेडिकल गु्रप सम्मानित भएका छन् ।
त्यस्तै विपे्रषण कारोबार गर्नेमा आईएमई लिमिटेड, व्यापार व्यवसायमा अग्नि इन्कर्पोरेटेड, पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी, मध्यमस्तरीय करदाता कार्यालयको क्षेत्राधिकारमा पर्ने करदातामध्ये सबैभन्दा बढी कर तिर्नेमा कामना सेवा विकास बैङ्क, आन्तरिक राजस्व कार्यालयको क्षेत्रभित्र मध्येबाट सबैभन्दा आयकर तिर्नेमा भीएफ सर्भिसेज, २०६५ देखि २०७७ असार मसान्तसम्म मूल्य अभिवृद्धि करतर्फ समयमै कर विवरण र कर बुझाउनेमा घोराही सिमेन्ट इन्डस्ट्रिज सम्मानित भएका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी कर तिरेर सूर्य नेपाल सम्मानित भएको विभागले जनाएको छ ।
यसैबीच नयाँ बानेश्वर क्षेत्राधिकारबाट सबैभन्दा बढी आयकर बुझाउने नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडलाई सम्मान गरिएको छध्रआन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा आयोजित नवौँ राष्ट्रिय कर दिवस २०७७ विशेष कार्यक्रममा कार्यालयले आफ्नो क्षेत्राधिकारका करदातामध्ये आव २०७६÷७७ मा सबैभन्दा बढी आयकर बुझाउने नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कलाई सम्मानपत्रले सम्मान गरेको जनाइएको छ । राजस्व कार्यालय नयाँ बानेश्वरका प्रमुख कर अधिकृत नरेन्द्र प्रकाश पाण्डेयले बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलाई हस्तान्तरण गर्नुभयो ।

चौथोपटक पनि उत्कृष्ट करदाता
गाईघाट समाचारदाताका अनुसार उदयपुरको कटारी बजारका एक व्यवसायी निरन्तर चौथोपटकसम्म उत्कृष्ट करदाता घोषित हुनुभएको छ । सदरमुकाम गाईघाटमा रहेको करदाता सेवा कार्यालयले नेपाल ट्रेडिङ एन्ड हार्डवेयर्स प्रालि कटारीका सञ्चालक प्रयास कार्कीलाई आइतबार जिल्लाको उत्कृष्ट करदातामा घोषित गरेको हो । कार्कीको कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी आयकर २६ लाख ३१ हजार कर तिरेको करदाता सेवा कार्यालयले जानकारी दिएको छ । नेपाल ट्रेडिङ एन्ड हार्डवेयर्स प्रालिले यस जिल्लामा २०७२÷७३ देखि निरन्तर सबैभन्दा बढी कर तिर्दै आएको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख कर अधिकृत सुमन बुढाथोकीले बताउनुभयो ।

 

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]