November 22nd, 2020

निर्देशनको उल्लंघन गर्ने कम्पनीहरुलाई RBI ले ५.७८ करोड जरीवाना लगायो


रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले रेगुलेटरी गाइडलाइन्स उल्लंघन गरेको आरोपमा ६ वटा कम्पनीहरूलाई ५.७८ करोड जरिवाना लगाएको छ । आरबीआईले जारी गरेको विज्ञप्तिमा भनिएको छ “यो जरिवाना भुक्तानी र सेटलमेन्ट सिस्टम ऐन २००७ धारा ३० अन्तर्गत लगाइएको छ ।
आरबीआईले जरिवाना गरेका कम्पनीहरूमा पंजाब नेशनल बैंक (पीएनबी) र ५ नन बैंक प्रीपेड पेमेन्ट कम्पनीहरु रहेका छन् ।

कुन कम्पनीलाई कति जरीवाना लाग्यो ?
विज्ञप्ति अनुसार सोडेक्सोलाई सबैभन्दा बढी २ करोड जरिवाना गरिएको छ । पीएनबी र क्विकक्लीवर सोल्युसनलाई १-१ करोड जरिवाना गरिएको छ । फोन पेमा १.३९ करोडको जरिवाना लगाइएको छ । मुथुट व्हीकल र असेट फाइनान्सलाई ३४.५५ लाख जरिवाना गरिएको छ । यस्तै, दिल्ली मेट्रो रेल कर्पोरेशनलाई ५ लाख जरिवाना गरिएको छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]