Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आयो एनबी इन्स्योरेन्सको १२ लाख कित्ता हकप्रद : यसरी दिनुस् आवेदन

admin २०७३ श्रावण २३ गते
सेयर:

nbएनबी इन्स्योरेन्सले ८० प्रतिशत अर्थात प्रति १० बराबर ८ कित्ताका दरले हकप्रद निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकितदरका १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रदमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रदमा साउन ६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदका लागि शेयरधनीले नाचघरमा रहेको क्यापिटलको कार्यालय वा इन्स्योरेन्सका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुँजी २४ करोड ४९ लाख रुपैयाँ रहेको छ । 


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।