Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लक्ष्मी पुजाको महत्व : धन बर्षाउने लक्ष्मीलाई कसरी खुसी पार्ने ?

२०७७ कार्तिक २९ गते

बैंकिङ खबर । लक्ष्मी पुजा भन्नेवित्तीकै हामीलाई घर सफा गर्ने र झिलिमिली बत्ती बालेको दृश्य याद आउँछ । ससाना बालबालिकाहरु पटाका पड्काएर लक्ष्मी पुजाको मजा लिन्छन् भने ठूला मान्छेहरु जुवा तासमा रमाउँछन् । यो आधुनिक जमानामा भित्रिएको चलन हो । आधुनिकता सँगसँगै जाँडरक्सी खाने, होहल्ला गर्ने जस्ता विकृतिहरु फैलिएका छन् । तर, यो दिनको वास्तविक महत्व छुट्टै छ । धर्ममा आस्था राख्नेहरुका लागि लक्ष्मी पुजाले ठूलो् महत्व राख्दछ ।

यमपञ्चकको तेस्रो दिन दीपावलीमा पूजिने भगवती महाल्क्ष्मी चल एवं अचल, दृश्य एवं अदृश्य सबै सम्पत्तिहरू र अष्ट सिद्धि एवं नौ निधिहरूकी अधिष्ठात्री साक्षात नारायणी हुन् । भगवान श्री गणेश सिद्धि – बुद्धि र शुभ – लाभका स्वामी तथा सबै अमंगलहरू एवं विघ्नहरूका नाशक हुन । यीनले सदबुद्धि प्रदान गर्दछिन । दीपावलीको दिन यीनको समवेत पूजाबाट सबै खाले कल्याण – मंगल एवं आनन्द प्राप्त हुन्छ ।

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि माटोको घर आँगनमा गाईको गोबरले घरआँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा, चोटा पवित्र तुल्याउने हाम्रो संस्कार हुनुको साथै आफ्नो घरमा परिवारमा यदी कसैको मरिमराउ भएको छ र जुठो, परेको छ भने झुठो सकिएको दिन गाईको गौतले सेचन गर्ने र खाने गर्दा क्रियापुत्री र आफन्त चोखिने समेत विस्वाश गर्दै कार्य गर्ने चलन जीवित छ भने गाईलाई पशुधनका रूपमा पनि लिइन्छ ।

हामीहरु गाईलाई लक्ष्मी र गौमाताका रूप मान्दछौँ । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तरनिहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ ।

गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रचलित कथन छ । त्यस्तै, यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको पनि भनिन्छ । वली राजाले वर्षमा एक पल्टमात्र पृथ्वीमा आगमन हुने आशिर्वाद पाएको दिन भनेर पनि यस दिनलाई चिनिन्छ । यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ ।

सुखसम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुखसन्तोष प्रदान गर भन्ने यो दिन दिदीबहिनी र दाजुभाइले भैलो,देउसी खेल्दै आशिर्वाद दिँदै रमाइलो गर्छन् ।

Ad