Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तिहार मनाउँदै गर्दा छुट्ला, बैंकिङ क्षेत्रको रोजगारी

२०७७ कार्तिक २८ गते

बैंकिङ खबर । दशै तिहारको बिचमा बैंकिङ क्षेत्रमा ठुलो संख्यामा कर्मचारीको माग भएको छ ।

 राष्ट्रिय बाणिज्य बैंकले विभिन्न उच्च पदमा कर्मचारी माग गरेको छ । उक्त बैंकले विज्ञका रुपमा काम गर्ने उच्च कर्मचारी माग गरेको हो । जसका लागि चार्टड एकाउन्ट अध्ययन गरेका व्यक्तिले आवेदन दिन सक्ने छन् । सु्चना प्रकाशित मितिले १५ दिन भित्र निवेदन दिन सकिने छ । उक्त सेवा करारका लागि कायम रहने जनाइएको छ ।

 सिटिजन्स बैंकमा बिभिन्न पदका लागि रोजगारीको खुलेको छ । बैंकले हालका शाखाहरु तथा नयाँ शाखाहरुका लागि कर्मचारीको माग गरेको हो । बैंकले असिस्टेन्ट मेनेजर, सिनियर अफीसर लगायतका पदमा आवेदन खुलाएको हो । इच्छुक व्यक्तिले नोवेम्बर २२ सम्म आवेदन दिन सक्ने जनाइएको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदको लागि मागेको छ । बैंकले ब्रान्च मेनेजर, रीलेसनसिप अफीसर, अपरेसन इन्चार्ज, रीस्क अफीसर लगायतका पदमा कर्मचारीको माग गरेको हो ।

 

गोर्खाज फाइनान्सले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर, डिजिटल बैंकिंग अफिसर, रिकभरी डिपार्टमेन्ट अफिसर, रिलेसनसिप म्यानेजर, जुनियर असिस्टेन्ट लगायतका पदमा कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

यस्तै, विजय लघुवित्त वित्तीय संस्थामा केही संख्यामा कर्मचारीको माग भएको छ । केन्द्रीय कार्यालय गैंडाकोट, नवलपरासी रहेको संस्थाले कार्यक्षेत्र तथा व्यवसायमा भएको वृद्धिको कारण केही कर्मचारी थप गर्न लागेको जनाएको छ । संस्थाले अधिकृत प्रशासन विभाग, कनिष्ठ अधिकृत र वरिष्ठ सहायक–सूचना प्रविधि विभागमा केही कर्मचारीको माग गरेको हो ।

यता, सनराइज बैंकले इन्टर्नसिपको लागि सूचना प्रकाशित गरेको छ । बैंकले पासले पनि आवेदन दिन सक्ने जनाएको छ । यसका लागि बैंकले ३१ डिसेम्बरसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

Ad