
बैंकिङ खबर । सुनको भाउमा गिरावट आएको छ । सुन आज एकैदिन झण्डै साढे ३ हजार रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस्तै, तजाबी सुन आज ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ । यता, सोमबार तोलामा १२ सय ७५ रुपैयाँ कायम भएको चाँदी आज तोलामा ६० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँ कायम भएको छ ।