November 9th, 2020

१७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्नेभएकोे छ । उक्त परीणामको बिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो ।
आगामी मंसिर २३ गते परिपक्व हुने उक्त बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये पाँच अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ भने १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिदैछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]