August 4th, 2016

आयो सुर्या लाइफको साढे १२ लाख कित्ता हकप्रद

suryaसुर्या लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्काशन विहिबारदेखि खुलेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरले १२ करोड ५० लाख रुपैयाँ बराबरको कुल १२ लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । असार २७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रदका लागि भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ । ४ कित्ता शेयर हुनेले १ कित्ता हकप्रद पाउने बताइएको छ । 

 कम्पनीको धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । लक्ष्मी क्यापिटल नयाँ बानेश्वरसहित सुर्या लाइफ इन्स्योरेन्सका बिराटनगर, महेन्द्रनगर, धनगढी, पोखरा, बुटवल, बनेपा, जनकपुर, हरिवन, नुवाकोट, भक्तपुर, सिन्धुली, चरिकोट, सुख्खड, लाहान, दमक, इटहरी, धरान, इलाम, बैतडी, नारायणगढ, डढेलधुरा, अत्तरिया, दाङ, भैरहवा, नेपालगन्ज, दमौली, सुर्खेत, पाटन, कावासोती, दार्चुला, धनकुटा, वीरगंज, सोल्टीमोड र गंगबुबाट आवेदन दिन सकिने लक्ष्मी क्यापिटलले जनाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पश्चात उसको पूँजी १२ करोड ५० लाख रुपैयाँले बढ्नेछ ।