सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बैंकिङ खबर । हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ । शुक्रबार तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको सुनको भाउ आज ९७ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन प्रति तोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । शुक्रबार तोलाको १२ सय ५५ रुपैयाँ निर्धारण गरिएको चाँदीको भाउ पनि आज बढेर १२ सय ७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।