Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एन्ट ग्रूपको आईपीओ लगानीकर्ताको हितका लागि स्थगित : पीबीओसी

२०७७ कार्तिक २२ गते

चीनको केन्द्रीय बैंकले साना लगानीकर्ता तथा संस्थागत लगानीकर्ताको हितलाई ध्यानमा राख्दै अलिबाबासम्वद्ध वित्तीय प्रविधि कम्पनी एन्ट ग्रूपको आईपीओ रोक्नु परेको बताएको छ ।

पिपुल्स बैंक अफ चाइना(पीबीओसी) का डेपुटी गभर्नर लिउ गुवांगले शुक्रवार सम्वाददाताहरुलाई स्वनियमन तथा प्रचलित कानूनमा आधारित भएर नै लगानीकर्ताको हितका लागि आईपीओ स्थगित गर्नुपरेको बताएको भन्दै रोयटर्स समाचार संस्थाले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

साथै उनले अर्थतन्त्रलाई स्थिर राख्न तथा स्वस्थ बजारको विकासलाई कायम राख्न त्यस्तो निर्णय गरिएको बताएका छन् । वित्तीय बजारको स्थायित्व सुरक्षित गर्न र लगानीकर्ताको अधिकार र रुचि जोगाउन यस्तो कदम चालिएको पनि उनको भनाइ छ ।  

शाङहाई र हङकङमा कम्पनीको प्राथमिक शेयर निस्कासन (आईपीओ) जारी हुँदै थियो । कम्पनीको आईपीओबाट ३७ अर्ब डलर उठ्ने र यो अहिलेसम्मकै ठूलो आईपीओ बन्ने क्रममा थियो । चीनले घरेलु अनलाइन कम्पनी अलिबाबासम्बद्ध वित्तीय प्रविधि कम्पनी एन्ट ग्रूपको बहुप्रतीक्षित शेयर सूचीकरण गत मंगलवार स्थगन गरेको थियो । चीनले कम्पनीको प्राथमिक शेयर निष्कासनको एक दिनअघि यस्तो कदम चालेको थियो । 

उक्त आईपीओमा मुख्य समस्या रहेको र यसले कम्पनीको सूचीकरणका शर्तहरू वा शेयर बजारमा शेयर किनबेचका आवश्यकताहरू पुरा नहुने देखिएकाले स्थगन गरिएको भन्दै मंगलवार शाङहाई स्टक एक्सचेञ्जले पनि विज्ञप्ति जारी गरेको थियो । एजेन्सी
 

 

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad