बैंकिङ खबर । अपेक्षा ढुंगाना । जब कुनै देशले निर्यात भन्दा अधिक आयात गर्दछ, भने त्यसलाई व्यापार घाटा भनिन्छ । यसको मतलव यो हो कि देशले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न पर्याप्त सामान र सेवाहरू उत्पादन गर्न सक्षम छैन, त्यसैले उनीहरुले अन्य देशहरूबाट आयात गर्नुपर्दछ । यसको विपरित, जब एक देशले आयातभन्दा बढी निर्यात गर्दछ, भने यसलाई व्यापार बचत भनिन्छ ।
कुनै पनि देशको निर्यात र आयात त्यो देशको अर्थव्यवस्थाको विकाससँग सम्बन्धित हुन्छ । यसको मतलब देशले बाहिरबाट विदेशी सामान किन्नको लागि अधिक पैसा खर्च गर्नुपर्छ । त्यसकारण, हरेक देशले आफ्नो देशबाट निर्यात बढी गर्न खोज्दछ अथवा निर्यात र आयात बराबर मात्रामा गर्न खोज्दछन् । नागरिकहरूले सबै चीजहरू देशमा अवस्थित कम्पनीहरूमार्फत प्राप्त गरे भने उनीहरूले विदेशी वस्तुहरूको खरीद कम गर्नेछन् । जसले आयात गर्नु आवश्यक हुँदैन । अर्थविद्हरूको अनुसार यदि कुनै देशको व्यापार घाटा निरन्तर धेरै वर्षसम्म रहिरह्यो भने त्यसले त्यस देशको आर्थिक स्थितिमा विशेष गरी रोजगार उत्पादन, वृद्धि दर र मुद्राको मूल्यमा नकारात्मक असर पार्न सक्छ । यसैबिच नेपालमा भने व्यापार घाटाको भयावह स्थिति देखिएको छ ।

यस्तै, असार ३१, २०७४ मा जादा ९९० अर्ब ११ करोडको सामान आयात भएको देखिन्छ भने निर्यात केवल ७३ अर्ब ५ करोडको छ । जस अनुरुप सो वर्ष ९१७ अर्ब ६ करोड व्यापार घाटा भएको देखिन्छ । सो वर्ष ११८ अर्ब ९२ करोडको पेट्रोलियम पदार्थ मात्र आयात गरीयो भने नेपालबाट ७ अर्ब १६ करोडको उलन कार्पेट निर्यात गरीयो ।नेपालमा व्यापार घाटाको स्थिति हेर्ने हो भने निरन्तर आरालोको यात्रा मात्र देखिन्छ । असार ३१, २०७३ मा ७७३ अर्ब ६० करोडको सामान आयात भएको देखिन्छ भने निर्यात केवल ७० अर्ब १२ करोडको छ । जस अनुरुप सो वर्ष ७०३ अर्ब ४८ करोड व्यापार घाटा भएको देखिन्छ । सो वर्ष शिर्षमा ६५ अर्ब ६१ करोडको पेट्रोलियम पदार्थ मात्र आयात गरीयो भने नेपालबाट ७ अर्ब ८५ करोडको उलन कार्पेट निर्यात गरीयो ।
यता, असार ३२, २०७५ मा भने १ खर्ब २४५ अर्ब १० करोडको सामान आयात भएको देखिन्छ भने निर्यात केवल ८१ अर्ब ३६ करोडमा छ । जस अनुरुप सो वर्ष १ खर्ब १६३ अर्ब ७४ करोड व्यापार घाटा भएको देखिन्छ । सो वर्ष उच्चमा १७२ अर्ब २४ करोडको पेट्रोलियम पदार्थ मात्र आयात गरीयो भने नेपालबाट ७ अर्ब १२ करोडको उलन कार्पेट निर्यात गरीयो ।
यसैगरी, असार ३१, २०७६ मा आउँदा १ खर्ब ४१८ अर्ब ५४ करोडको सामान आयात भएको देखिन्छ भने निर्यात केवल ९७ अर्ब ११ करोडमा छ । जस अनुरुप सो वर्ष १ खर्ब ३२१ अर्ब ४३ करोड व्यापार घाटा भएको देखिन्छ । सो वर्ष उच्चमा २१५ अर्ब ७६ करोडको पेट्रोलियम पदार्थ मात्र आयात गरीयो भने नेपालबाट १० अर्ब ३३ करोडको पाम ओयल निर्यात गरीयो ।
त्यस्तै, असार ३१, २०७७ मा आउँदा १ खर्ब १९६ अर्ब ८० करोडको सामान आयात भएको देखिन्छ भने निर्यात केवल ९७ अर्ब ७१ करोडमा छ । जस अनुरुप सो वर्ष १ खर्ब ९९ अर्ब ९ करोड व्यापार घाटा भएको देखिन्छ । सो वर्ष उच्चमा १६३ अर्ब ७० करोडको पेट्रोलियम पदार्थ मात्र आयात गरीयो भने नेपालबाट १८ अर्ब ३२ करोडको पाम ओयल निर्यात गरीयो ।