Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

छोरीको विवाहमा गरे ५५० करोड खर्च, अहिले बिजनेसमा टाट् पल्टिए

२०७७ कार्तिक २० गते


समय परिवर्तन हुन लामो समय लाग्दैन । विश्वको १९ औं धनी व्यक्ति लक्ष्मी मित्तलका भाई प्रमोद मित्तल कंगाल भएका छन् । प्रमोद मित्तलले कर्जादाताहरुलाई २३,७५० करोड तिरेका छन्, त्यसपछि उनी कंगाल भए ।
छोरीको विवाहमा ५५० करोड खर्च
प्रमोद मित्तलले २०१३ मा आफ्नो छोरी सृष्टिको विवाह गरे । बार्सिलोनामा आयोजित यस विवाहमा ५५० करोड खर्च भएको थियो । उनकी छोरी सृष्टिले बैंकर गुलराज बहलसँग विवाह गरेकि थिइन् । उल्लेखनीय कुरा के छ भने प्रमोदले उनको जेठो दाजु लक्ष्मी मित्तलले आफ्नी छोरीको बिहेमा खर्च गरेको भन्दा १० करोड बढी खर्च गरे । लक्ष्मी मित्तलले २००४ मा छोरीको बिहे गरेका थिए । भनिन्छ यस पटक लक्ष्मी मित्तलले आफ्नो भाइलाई यस विपत्तिबाट बाहिर निकाल्ने छैनन् ।

कसरी भए कंगाल ?
प्रमोद मित्तल उत्तरी बोस्नियाको एक कोक उत्पादन कम्पनी ९न्यिदब िक्ष्कउबत प्यपकलब क्ष्लमगकतचष्वब ीगपबखबअ(न्क्ष्प्क्ष्ी० का सह–मालिक तथा यसको सुपरवाइजरी बोर्डको अध्यक्ष थिए । उनले यस कम्पनीको कर्जाको लागि व्यक्तिगत ग्यारेन्टी दिएका थिए र यहींबाट उनको खराब दिनहरू सुरु भयो । २०१३ मा, कम्पनी लगभग १६.६ करोड डलर ऋण तिर्न असफल भयो ।
प्रमोद मित्तललाई गत वर्ष दुई कम्पनीका अधिकारीसहित पक्राउ गरिएको थियो । भारतमा पनि उनले स्टेट ट्रेडिंग कर्पोरेशन (एसटीसी) सँग २,२०० करोड रूपैयाँको जालसाजी गरेको आरोपको मुद्दा सामना गर्दैछन् ।


मेरो कुनै आय छैन, मेरी श्रीमतीले खर्च चलाइरहेकी छिन्
प्रमोद मित्तल भन्छन कि अब उनीसँग कुनै आयको स्रोत छैन । मेरी श्रीमतीले आफ्नो खर्च आफै गर्छिन् । हाम्रो बैंक खाता अलग छन् । मलाई उसको आयको बारेमा धेरै सीमित ज्ञान छ । मेरो मासिक खर्च करिब २ देखि ३ हजार पाउन्ड मेरो श्रीमती र परिवारले गरिरहेका छन् । मेरो यस केसको कानुनी खर्च पनि अरुले नै गरीरहेका छन् ।
उनी भन्छन् उनीसँग ७००० पाउन्डको गहना, ६६,६६९ पाउन्डको सेयरको सम्पत्ति र भारतमा ४५ पाउन्डको सम्पत्ति छ । तर उनी आफ्नो ९४ बर्षीय बुवाको १७० मिलियन पाउन्डको ऋणी छन् । यसका साथै श्रीमतीको १.१ मिलियन पाउन्ड, ३० बर्षे छोराको २.४ मिलियन पाउन्ड र आफ्नो भिनाजु अमित लोहियाको १.१ मिलियन पाउन्डको ऋणी छन् ।

अनिल अंबानीसँग मिल्दो छ प्रमोद मित्तलको काहानी
प्रमोद मित्तलको काहानी अनिल अंबानीसँग मिल्दो छ । अम्बानी परिवारजस्तै, यी दुई भाइहरूको १९९४ मा अशंभण्डा भएको थियो । लक्ष्मी निवास मित्तलले आर्सेलर मित्तललाई विश्वको सबैभन्दा ठूलो स्टील कम्पनी बनाइदिए । जबकि ग्लोबल स्टील होल्डिंगको प्रमोद मित्तलको अंश टाट पल्टीयो । जसरी मुकेश अंबानीले कान्छो भाइ अनिल अंबानीलाई मद्दत गरेका थिए, त्यसरी नै मित्तलले पनि जेठो दाइको दायित्व पूरा गरेका थिए ।


स्टेट ट्रेडिंग कर्पोरेशन (एसटीसी) को मामिलामा लक्ष्मी मित्तलले प्रमोद मित्तललाई बचाएका थिए । उनले प्रमोद मित्तलको लागि एसटीसीको २२१० करोड रुपैया चुकाएका थिए । जसले प्रमोद मित्तललाई कानुनी कारवाहीबाट बचायो । उनले आफ्नो दाईलाई यो सहयोगका लागि धन्यवाद समेत दिए । तर यस पटक लक्ष्मी मित्तल कान्छो भाइलाई बचाउन अघि आएनन् ।

 

Ad