November 5th, 2020

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकको १४ औं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने

बैंकिङ खबर । नेपाल हाईड्रो इलेक्ट्रिक लिमिटेडको १४ औं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ । कम्पनीले साधारण सभा रुपन्देही जिल्लाको बुटवलस्थित क्लव डेनोभो होटलमा दिउँसो १२ः३० बजे साधारण सभा आयोजना हुने बताएको छ । कात्तिक १६ गते साधारण सभा बोलाएकोमा गणपुरक संख्या नपुगेकाले साधारण सभा हुन नसकेको पनि कम्पनीले बताएको छ । साथै सभाले आव २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा आव २०७५/७६ र २०७६/७७ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]