
बैंकिङ खबर । नेपाली बजारमा कार्तिक २० गते आज सुनको मूल्य घटेको छ । बिहीबार सुन १ सयले घटेको हो । हिजो तोलाको ९६ हजार ३ सय रुपैयाँ तोकिएको सुन आज तोलाको ९६ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलाको १२ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।