
बैंकिङ खबर । अमेरिकामा राष्ट्रपति पदको ऐतिहासिक निर्वाचन सम्पन्न भएको छ । जसमा जो वाइडेन बिजयी बनेका छन् । अमेरीकाको ४६ औं राष्ट्रपतिमा उनी नियुक्त भएका हुन् । धेरै विवादित र विभाजित रुपमा चलेको अमेरिकी निर्वाचन अभियानमा मतदाताहरुले उत्साहपूर्वक ढंगले मत दिएका थिए । आगामी चार वर्षका लागि ह्वाइट हाउसमा पुग्न मुल रुपमा दुई पार्टी रिपब्लिकन र डेमोक्र्याट बीच भएको प्रतिष्पर्धाले बजारलाई राम्रैसँग तताएको थियो । डेमोक्रेटिक पार्टीका ७८ वर्षका जो वाइडेन तथा रिपब्लिकन उम्मेदवार ७४ वर्षिय डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा भएको थियो जसमा जो वाइडेनले बाजी मार्न सफल भए । अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने भएका छन्।