बैंकिङ खबर । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको ९५ हजार रहेको छापावल सुनको मूल्य आज पनि तोलाको ९५ हजार नै कायम भएको छ । यस्तै तेजाबी सुनको भाउ पनि तोलाको ९४ हजार ५ सय रुपैयाँ नै कायम गरिएको महासंघले जनाएको छ । यता, चाँदीको भाउ आइतबारको तुलनामा बढेर तोलाको १२ सय ५ रुपैँया कायम भएको छ ।