August 3rd, 2016

नेपाली पुँजी बजारले यसरी पायो अन्तर्राष्ट्रिय मान्यता

dhitopatraनेपालको पूँजी बजार सुधारमा अन्तर्राष्ट्रिय सीपको प्रयोग तथा क्रस बोर्डर ट्रेडिंग र सुचिकरण गर्ने बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको नियमकहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसन्सको सदस्यता पाएपछि अन्तर्राष्ट्रिय तवरबाट बजारको सुधार गर्ने आधार तयार भएको हो । धितोपत्र बजारको नियमकहरुको संस्था इन्टरनेशल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसन्सले सन् २०१६ को जुलाई देखि लागु हुने गरी नेपाल धितोपत्र बोर्डलाई सदस्य बनाएको हो । 

सदस्यता पाए लगत्तै विज्ञप्ती जारी गर्दै बोर्डले नेपालको पूँजी बजारले अन्तरर्राष्ट्रिय मान्यता पाएको र आगामी दिनमा अन्तरर्राष्ट्रिय बजारमा नेपाल जोडिन सक्ने आधार तयार भएको जनाएको छ । ‘कैयौं वर्षदेखि उक्त संस्थाको सदस्यता प्राप्त गर्न प्रयासरत बोर्डले हालै धितोपत्र बजारलाई पूर्ण स्वचालित बनाई विभिन्न सुधारात्मक काम गरेसंगै इन्टरनेशल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसन्सको सदस्यता प्राप्त गरेको हो । यससंगै बोर्ड तथा नेपालको धितोपत्र बजारलाई अन्तर्रा्ष्ट्रि मान्यता प्राप्त हुनुका साथै अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको नियमक निकायका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा बोर्ड तथा नेपालको धितोपत्र बजारको पहिचान स्वतः स्थापित भएको छ ।’ बोर्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ

हाल इन्टरनेशल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसन्समा दक्षिण एशियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका सहित चीन लगायत १ सय २५ मुलुकका नियमक संस्थाहरुले सदस्यता पाएका छन् ।