बैंकिङ खबर । दसैंपछि बजार खुलेको दोस्रो दिन पनि सुनको मूल्य घटेको छ। बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। हिजो बिहीबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन तोलाको ९४ हजार कायम भएको छ । यता, चाँदी तोलाको ११ सय ८० रुपैँया कायम भएको महासंघले जनाएको छ ।