Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विश्व बैंकले ग्रामीण उद्यम विकासका लागि नेपाललाई ८ करोड डलर दिने

२०७७ कार्तिक १३ गते

बैंकिङ खबर ।  विश्व बैंकले ग्रामीण उद्यम विकासका लागि नेपाललाई ८ करोड डलर दिने भएको छ । विश्व बैंकले कोरोना महामारीको पुनरुत्थान तथा नेपालको कृषि क्षेत्रको विकासका लागि ‘ग्रामीण उद्यम र आर्थिक विकास परियोजना’अन्र्तगत ८० मिलियन डलर अर्थात् करीब रू.९ अर्ब ४४ करोड बराबर सहयोग गर्ने भएको हो । विश्व बैंकको उक्त रकम ६ वटा प्रदेशहरु प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा केन्द्रित रहने जनाइएको छ। विश्व बैंकले सञ्चालन गरेको परियोजना नेपाल सरकारका लागि अवसर हुनुका साथै निजी क्षेत्रसँग मिलेर काम गर्नका लागि भएको विश्व बैंकको भनाई छ । यसले कृषि क्षेत्रको विकासका लागि सहयोगी भूमिका खेल्ने तथा कोभिडले अर्थतन्त्रमा पारेको असरलाई कम गर्न पनि सहयोगी हुने विश्व बैंकको विश्वास छ । 

Ad