Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गृह मन्त्रालयद्धारा एकैपटक १ सय कर्मचारीको माग

२०७७ कार्तिक १३ गते

बैंकिङ खबर । गृह मन्त्रालयले एकैपटक १ सय कर्मचारीको माग गरेको छ । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीको माग गरीएको हो ।
गृहले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा कर्मचारी माग गर्दै योग्य र इच्छुक उम्मेद्वारलाई आजको मितिबाट १५ दिनभित्रमा दरखास्त फारम भर्न अनुरोध गरेको छ । १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकहरुले निशुल्क दरखास्त दिन सक्ने र आगामी मंसिर १३ गते लिखित परीक्षा तोकिएको सूचनामा बताइएको छ ।

 

Ad