October 29th, 2020

१ अर्ब २७ करोड रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १ अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले २७३ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको जनाएको छ।
राष्ट्र बैंकले आफ्नो पेन्सन तथा उपदान कोषमा भएको पैसा राख्न लागेको उल्लेख गर्दै बाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख, विकास बैंकमा १९ करोड ५ लाख र वित्त कम्पनीमा ६ करोड ३५ लाख निक्षेप राख्ने जनाएको छ । उक्त निक्षेप लिनका लागि बैंंकहरुले लिन चाहेको रकम र दिने व्याजदर उल्लेख गरी कात्तिक १६ गते ३ः३० बजे भित्र आवेदन दिनुपर्ने उल्लेख गरीएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]