बैंकिङ खबर । नबिल बैंकका सीइओ अनिल केशरी शाह कोरोना संक्रमणमुक्त भएका छन् । उनले आफू कोरोना संक्रमणमुक्त भएको फेसबुकमार्फत् जानकारी दिएका छन् । उनले मंगलबार गराएको पीसीआर परीक्षणमा आज नेगेटिभ रीपोर्ट आएको जानकारी दिएका छन् । सीइओ शाहलाई कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले सामाजिक सञ्जालमा लेखेका छन्
“मैले हिजो गराएको पीसीआर टेस्टमा नेगेटिभ रीपोर्ट आएको तपाईलाई सूचित गर्न पाउँदा खुशी छु । मलाई लाग्दैन यस भन्दा अघि पनि म नेगेटिभमा यति सकारात्मक खुशी थिए । मेरो आइसोलेसन र रीकभरीका लागि तपाईको शुभकामना र प्रार्थनाका लागि धन्यबाद । कृपया सुरक्षित रहनुहोस्, मास्क लगाउनुहोस्, हात धुनुहोस्, एक सुरक्षित दूरी राख्नुहोस्, तीन साना चीजहरूले परीवर्तन ल्याउँनेछ ।”