
बैंकिङ खबर । एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न भएको छ । आज बुधबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन पारीत गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्ने, लेखापरीक्षक तोकी निजको पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले कर सहित २२.२२ प्रतिशतले हुन आउने ६ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल क्यापिटलको चुक्ता पुँजी २७ करोड छ । क्यापिटलमा नेपाल इन्भेस्टमेन्ट बैंकको शतप्रतिशत लगानी रहेकोले यो लाभांश बैंकले पाउने छ ।