Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्स २१ औँ वर्षमा

admin २०७३ श्रावण १८ गते
सेयर:

Prabhu-Insurance-1प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २० औ वर्ष पुरा गरी २१ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २१ औ स्थापना दिवसको अवसरमा आफ्नो सेवा नेपालको दुर्गम जिल्लाहरुमा कृषि शाखा कार्यालय स्थापना गरि कारोबार सुरुचारु गरेको जानकारी दिएको छ । यसका साथै कम्पनीले आगामी दिनमा सेवा विस्तारको लागि उपयुक्त स्थानको पहिचान गरेर थप शाखा तथा उपशाखा कार्यालय विस्तार गर्ने योजना सुनाएको छ ।

२१ औँ वर्षगाँठका अबसरमा बोल्दै कम्पनीका उपाध्यक्ष राजेन्द्र मल्लले कम्पनीले दुर्गम जिल्लाहरुमा कृषि शाखा कार्यालय स्थापना गरी कारोबार सूचारु गरेको जानकारी दिँदै आमामी दिनमा सेवा विस्तारका लागि उपयुक्त स्थानको पहिचान गरी थप शाखा तथा उपशाखा कार्यालय स्थापना गर्ने समेत बताए ।  

Prabhu-Insurance-2कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई पलाना गर्दै बजारमा प्रतिस्पर्धा मार्फत अघि बढिरहेको र आगामी दिनमा पनि यसरी नै बढ्ने बताए । उनले गत वर्षको महाभूकम्प, अघोषित नाकाबन्दी तथा मधेश आन्दोलन लगायतले बीमा क्षेत्रले प्रत्यक्ष प्रभाव पारेकोले सबै कारोबार अनलाइन मार्फत सञ्चालन भइरहेको जानकारी दिए । यसका साथै उनले अनलायन मार्फत नै बैंकलाई विस्तार अनि सुविधाजनक बनाउँदै देशैभर रहेका सहकारी संस्थाहरुमार्पत अनलाइन प्रमियम भुक्तानीको व्यवस्था गरिएको जानकारी दिए । बज्राचार्यका अनुसार हालसम्म कम्पनीको केन्द्रीय कार्यालयसहित शाखा तथा उपशाखाको संख्या १९ वटा रहेका छन् । 

प्रमुख अतिथिका रुपमा निम्त्याइएका बीमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले प्रभु इन्स्योरेन्सको प्रगति प्रशंसायोग्य भएकाले आगामी दिनमा पनि उत्तरोत्तर प्रगतिको शुभकामना दिए । उनले बीमा कम्पनीहरुको पुँजी वृद्धि आवश्यक भएको भन्दै त्यसका लागि उचित पहल गर्ने समेत बताए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।