
बैंकिङ खबर । नेपाल फाइनान्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी जुटिरहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कात्तिक ६ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १२५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बुक क्लोज गर्न लागेको हो । कात्तिक ५ गतेसम्म शेयर कायम गर्ने शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन गर्न पाउनेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबोट असोज १९ गते स्वीकृति पाएको छ । कम्पनीले १ बरावर १ दशमलव २५(१ : १.२५) अनुपातमा रू १०० अंकित दरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि बोर्डबाट स्वीकृति पाएको हो । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू १३ करोड ५८ लाख रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँटपछि रू ३० करोड ५५ लाख पुग्नेछ ।