बैंकिङ खबर । नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९४ हजार ५ सय कायम भएको छ । महासंघले जनाए अनुसार आज तेजाबी सुनको मूल्य ९४ हजार कायम गरिएको छ भने चाँदीको मूल्य १ हजार २०५ रुपैयाँ कायम भएको छ ।