October 13th, 2020

सुनमा लगानी : कुन दृष्टिकोणबाट सहि छ ? कुन दृष्टिकोणबाट गलत ?

बैंकिङ खबर । कुनै बहसलाई तर्क पूर्ण ढंगले समाधान गरी निश्कर्षमा पुग्न कति समय चाहिन्छ । तपाई भन्नुहुनेछ केहि घण्टा । हुनसक्छ केहि दिन वा महिना सम्म केहि बहस हुनेछ । तर के यो सम्भव छ कि केहि शताब्दी पछि पनि सहमत हुन सकेन ? अचम्म नमान्नुहोस्, सुनमा लगानी गर्नु त्यस्तै एक मुद्धा हो । ठुलो छलफल पछि पनि यो प्रश्न अनुत्तरित नै छ कि सुनमा लगानीको दृष्टिकोणबाट सहि छ या छैन ।

सुन प्रत्येक नेपाली परिवारको एक महत्वपूर्ण हिस्सा मानिन्छ । सुनको बारेमा परम्परागत सोच यो हो कि यो एक सरल र धेरै उपयोगी लगानी हो, खराब समयको सहारा हो, र प्रत्येक परिवारले सुनमा लगानी गर्नुपर्दछ । यस धारणामा विश्वास गर्नेहरू सोच्छन् कि सुन सजिलैसँग बिक्री गरेर पैसा कमाउन सकिन्छ । यति मात्र होईन, यसबाट उच्च मूल्य पाउने आशा पनि रहन्छ । सुनको बारेमा दोस्रो र थोरै आधुनिक सोच यो पनि हो कि यो अरू वस्तुहरू जस्तै हो र बचतको सन्दर्भमा यो कुनै खास व्यक्तिको लागि बढी फाइदाजनक हुँदैन ।

यसको बारेमा अर्को तेस्रो दृष्टिकोण पनि छ, कानूनी रूपमा पनि सुनलाई एक लगानी मान्न सकिन्छ, तर केहि कारण यो राम्रो लगानी होईन । फेरी प्रश्न आउन सक्छ कुन मापदण्डका आधारमा लगानी राम्रो वा नराम्रो मानिन्छ त ? यसको सरल उत्तर हो यसबाट आउने रिटर्न, तरलता, स्थिरता र केही अन्य कुराहरु । यदि मूल्याङ्कन गरियो भने, सुनले यी चिजहरूलाई भेट्न सक्दैन ।

प्रश्न यो पनि छ कि प्रतिफल नै एक मात्र कारण हो जसमा सुनलाई राम्रो लगानीको रूपमा लिन सकिदैन । यस्तो पनि होइन रिटर्न बाहेक पनि त्यस्ता केही कारणहरू छन्, जसको कारण सुनलाई राम्रो लगानी भन्न सकिदैन । सुन यस्तो श्रेणीको लगानी हो जसबाट केही पनि उत्पादन हुँदैन । यसको मूल्य वृद्धिको अवधारणा केवल त्यस विचारमा टिकेको छ कि बेच्ने क्रममा कोही यसको लागि बढी तिर्न इच्छुक हुनेछन् ।

इक्विटी, बन्ड वा अन्य योजनाहरू बाहेक सुनमा लगानी गरिएको पैसाले अर्थव्यवस्थामा योगदान पु¥याउँदैन । समान पैसा व्यापारमा वा अरू कुनै उत्पादक आर्थिक क्रियाकलापमा खर्च गरेर राम्रो धन कमाउन सकिन्छ । त्यो पैसा अरू पनि धेरै ठाउँको लगानीमा बढ्न सक्छ । तर सुनको मामलामा यस्तो केही छैन । तपाईंले खरिद गर्नुभएको सुनको मात्रा उतिकै रहनेछ । सम्पत्ती दृष्टिकोणबाट पनि तपाईंको सम्पत्ति उतिकै रहन्छ । तपाईंको लाभ केवल आशामा छ कि जब तपाईं यसलाई बेच्नुहुन्छ, कसैले अधिक तिर्नेछ । तर मूल्यमा ठूलो परिवर्तन आउन सक्दैन ।

सुनमा लगानी गर्नु आवश्यक छैन ?
उत्तर स्पष्ट छ । वर्तमान वित्तीय प्रणालीका बारे सचेत र अन्य लगानी विकल्पहरू भएकाहरूका लागि सुनमा लगानीको कुनै अर्थ हुँदैन । यदि त्यस्ता व्यक्तिहरूले सुनमा लगानी गर्छन् भने निश्चित रूपमा यसलाई गलत निर्णय भनिन्छ । सुनको विकल्प केवल ती व्यक्तिहरूले छनौट गर्नुपर्छ जससँग अन्य लगानी विकल्प छैन वा जसले वर्तमान वित्तीय प्रणालीलाई विश्वास गर्दैनन् ।

सुन प्रति आकर्षणको कारण ऐतिहासिक छ । इतिहास र संस्कृतिमा सुनलाई महत्व दिइएकोे कारण, सुन लगानीका लागि राम्रो छैन भनेर सर्वसाधारण मान्न तयार हुदैनन् । हामी सुनलाई एक सम्पत्ति मान्छौं । हामी यसलाई त्यस्तो मुद्रा मान्छौ जसले प्रत्येक ऐतिहासिक समस्यामाथि विजय हासिल गर्न सफल भयो । यो निसन्देह सत्य पनि हो । सुन बहुमूल्य छ किनकि प्रत्येक व्यक्ति विश्वास गर्दछ कि यो बहुमूल्य छ । धेरै व्यक्तिको लागि, यो धारणा पर्याप्त हुन्छ । यद्यपि यसको बारेमा गम्भिर भएर निर्णय नलिदासम्म सुनमा लगानी गर्ने निर्णय नगर्नु विवेकी निर्णय हुनेछ ।

सुन हरेक नेपाली परिवारको एक महत्वपूर्ण अंश हो । प्रत्येक परिवार विश्वास गर्छन् कि सुन एक राम्रो र सजिलो लगानी हो । समस्यामा सुन उपयोगी छ । तर के सुन साँच्चै राम्रो लगानी हो ? यदि तपाईंले तथ्यहरूलाई हेर्नुभयो भने, जवाफ आउँछ ’होईन’ । अर्थव्यवस्थामा सुनको पैसाले कुनै भूमिका खेल्दैन । सुनले लगानी भन्दा वैकल्पिक मुद्राको रूपमा काम गर्दछ । यसलाई यसैको रुपमा लिनु राम्रो हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]