बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले कुल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरी बिल विक्री गर्न लागेको सूचनामा उल्लेख छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्ष अवधिको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको हो । मंगलबार जारी हुने यस बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुँदैछ ।
