बैंकिङ खबर । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य भने १० रुपैयाँले बढेर तोलाको १२ सय ४५ पुगेको महासंघले जनाएको छ ।