राष्ट्र बैंकद्वारा पुरानो बिल नवीकरण सहित थप नयाँ तीन अर्ब रुपैयाँको ट्रेजरी बिल निष्कासन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ तीन अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री खुला गरेको छ। राष्ट्र बैंकले १५ अर्ब २५ करोड रुपैयाँ बराबरको पुरानै ट्रेजरी बिल नवीकरण सहित नयाँ थप ३ अर्व गरी कुल १८ अर्ब २५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने क्रममा नयाँ बिक्री गर्न लागेको हो। नयाँ ट्रेजरी बिल ३६४ दिनको समय हुने छ। चालु बर्षको आन्तरिक ऋणअन्तर्गत उठाउन लागिएको यो पहिलो ट्रेजरी बिल हो। राष्ट्र बैंकल् कात्तिक ४ गते ४ अर्बको अर्को ट्रेजरी बिल जारी गर्ने छ। राष्ट्र बैंकले कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण सरकारलाई संकलन गर्दैछ। यसमध्ये ५७ अर्ब रुपैयाँ कात्तिक मसान्तसम्म उठाइदिने छ।अहिलेसम्म विकास ऋणपत्रको माध्यमबाट ३० अर्ब रुपैयाँ उठाइदिइसकेको छ। अब सात अर्ब ट्रेजरी बिलबाहेक कात्तिक २० गते राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र जारी गर्ने छ।


सोसिअल मेडिया