
बैंकिङ खबर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले टेलिफोन नम्बरहरु परिवर्तन गरेको छ । इन्स्योरेन्सको प्रधान कार्यालयले प्रयोग गरिरहेको टेलिफोन नम्बरहरु नेपाल टेलिकमको सूचना अनुसार फाइबर लाइनमा रुपान्तरणसँगै हाल कायम नम्बरहरु परिवर्तन भएको हो ।
इन्स्योरेन्सले एक सूचना प्रकाशन गर्दै अब उप्रान्त परिवर्तित नम्बरमा सम्पर्क गर्न आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ ।